मधेस प्रदेश : बिजुलीका तार, पोल व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढ्यो

मिति: २०२४-०८-२१ , समय : १५:०९:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीमा विद्युत् प्राधिकरणले प्रसारणलाइनका तार, पोल व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ । प्राधिकरणले गाडेको धेरै पोल जीर्ण र छोटो भएकाले विद्युत् प्रवाह हुने तार भुइँमा लत्रिएर दुर्घटनाको जोखिम बढेको हो ।

ग्रामीण बस्तीका बिजुलीका तार भुइँमा लत्रिएर स–साना रुख छुन थालेका छन् । लगातारको वर्षाले माटोमा गाडेको पोलसमेत ढल्ने अवस्थामा पुगेका छन् । यसरी भुइँमा लत्रिएका तारमा काग, परेवालगायतका पक्षी बस्दा विद्युत् अवरुद्ध हुने र तार शर्ट भएर आगलागीको घटनासमेत हुने गरेको स्थानीय बासिन्दा धनबहादुर पाडेले बताउनुभयो ।

विद्युत् प्राधिकरणको भुइँमा लत्रिएको तार व्यवस्थापन गरिदिन स्थानीय बासिन्दाले पटकपटक आग्रह गर्दासमेत सुनुवाइ नभएको बताएका छन् ।

मलङ्गवा वितरण केन्द्र, हिपुर वितरण केन्द्र र बरहथवा वितरण केन्द्रबाट प्रसारण हुने विद्युतका तार, पोल बढी जोखिममा रहेका छन् । त्यस क्षेत्रका ११ हजार भोल्ट करेन्ट प्रवाह भएका धेरै विद्युतका तारले रुख र सडक छोएका छन् ।

प्रकाशित मिति: २०२४-०८-२१ , समय : १५:०९:४३ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित