भारतीय सन्त एवम् प्रख्यात पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन

मिति: २०२४-०८-२१ , समय : ०८:३९:१२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाण्डौ । भारतीय सन्त एवम् प्रख्यात पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको भारतको मुम्बइमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो ।

मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उहाँले सन् १९७४ मा दीक्षा लिनुभएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । नेपाली गुरुसँग शिक्षा लिनुअघि उहाँ भारतीय वायुयान सेवामा पाइलट रहनुभएकाले उहाँलाई पाइलट बाबा भनिएको हो ।

यही नामले उहाँ प्रसिद्ध हुनुभयो । पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिका घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाउनुभएको छ । आश्रममा उहाँ बेला बेलामा आएर बस्ने गर्नुभएको थियो । नेपालमा उहाँका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् ।

भारतको प्रयागमा हुने कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उहाँले आश्रयसमेत दिने गर्नुभएको थियो । पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मनुभएको थियो । हरिद्वार र गङ्गोत्रीलगायत धेरै ठाउँमा उहाँले जुना अखडा नामको आश्रम चलाउने गर्नुभएको थियो । उहाँलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो । एजेन्सी

प्रकाशित मिति: २०२४-०८-२१ , समय : ०८:३९:१२ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित