मधेस प्रदेश : श्रीमतीको हत्या गरी श्रीमान फरार

मिति: २०२४-०८-१७ , समय : १३:२७:४० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरी गाउँपालिका १ सोनुषडा निवासी एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। अन्दाजी ४५ वर्षीय हबिब नदाफले श्रीमती ३६ वर्षीया रोशना खातुनको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि अहिले उनी फरार छन्।

शुक्रबार राती ६ वर्षीया छोरी सानिमासँग कोठामा सुत्न गएको अवस्थामा श्रीमतीलाई कुटपिट गरि हत्या गरेको र मृत श्रीमती छोडेर फरार उनी भएका छन् । बिहान छोरीले रोइकराइ गरेपछि घटना बाहिर आएको थियो । स्थानीयले थाहा पाउने बित्तिकै प्रहरीलाई खवर गरेको र खवर प्राप्त हुनासाथ एसपी नकुल पोखरेलको कमाण्डमा टोली पुगेर घटनास्थल सुरक्षित राखी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरिक्षक धर्मराज मुड्भरीले उल्लेख गरे ।

यता हत्याराको खोजी गरिरहेको प्रवक्ता मुडभरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको मुड्भरीकाे भनाइ छ ।

प्रकाशित मिति: २०२४-०८-१७ , समय : १३:२७:४० , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित