मधेस प्रदेश : खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु
मिति: २०२४-०८-१६ , समय : २१:५०:३२ , गामघर डेस्क
मिति: २०२४-०८-१६ , समय : २१:५०:३२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ की १० वर्षीया संध्या यादव रहेकी छन् । संध्या आफन्तको घरमा गएका थिइन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार, आज दिउँसो नुहाउन गएका यी बालिकालाई खाल्डोमा जम्मा भएको पानीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेका थिए। निकाल्दा दुबै बालिकाको मृत्यु भइसकेको थियो ।
दुबै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। यता घटना बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-१६ , समय : २१:५०:३२ , ४ महिना अगाडि