सप्तरीकाे कञ्चनरुपमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

मिति: २०२४-०८-१६ , समय : २१:४५:४५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
पूर्व-पश्चिम राजमार्गको सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ का ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता रहेका छन्।

महेश कुमारको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार शुक्रबार दिउँसो कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका १० मा आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो।

ट्याङ्कर चालक सिरहा जिल्लाको कर्जना नगरपालिका-३ का ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन्। उनी अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत छन् र उनकी अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यता दुर्घटनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुरले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: २०२४-०८-१६ , समय : २१:४५:४५ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित