समाचारकाे प्रभाव : मलेसियामा अलपत्र १३ जना नेपाली स्वदेश फर्किँदै
मिति: २०२४-०८-१६ , समय : ११:४२:३९ , गामघर डेस्क
मिति: २०२४-०८-१६ , समय : ११:४२:३९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
समाचारकाे प्रभावले मलेसियामा अलपत्र १५ मध्ये १३ नेपाली कामदार नेपाल फर्किन लागेका छन् । विभागले चासो लिएपछि म्यानपावर कम्पनीले उनीहरूलाई स्वदेश फर्काउन लागेको हो ।
१५ जनामध्ये १३ जना बिहीबार मलेसियाबाट दिल्ली आएको सिराहाको लहान नगरपालिका– २३ का मोहनकुमार साहले बताए । दुईजना मलेशियाको आरके कम्पनीमा काम गर्न सुरु गरे । १३ जना दिल्ली आएको साहले बताए । शुक्रबार दिल्लीवाट काठमाडौं आउने उनले जानकारी दिए ।
‘१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र’ शीर्षकमा यस गामघर डटकम अनलाइनमा समाचार प्रकाशित भएको थियो । काठमाडौंको जेपी ओभरसिजमार्फत १५ जेठमा मलेसिया पुगेका सप्तरी, सिराहा र बाराका ती कामदार काम नपाएपछि दुई महिनादेखि अलपत्र थियो। काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उनीहरूलाई उडाएको थियो ।
प्रकाशित मिति: २०२४-०८-१६ , समय : ११:४२:३९ , ५ महिना अगाडि