घटयाे पेट्रोलियम पदार्थको मुल्य : पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ
मिति: २०२४-०८-१५ , समय : २२:३२:१७ , गामघर डेस्क
मिति: २०२४-०८-१५ , समय : २२:३२:१७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रुपैयाँ घटाएको छ।
मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट बुधबार दिउँसो पेट्रोल पाँच रुपैयाँ र डिजेल दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घटेर आएका कारण नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।:
प्रकाशित मिति: २०२४-०८-१५ , समय : २२:३२:१७ , ४ महिना अगाडि