संविधान उल्लङ्घन गरेकाे भन्दै थाइल्यान्डका प्रधानमन्त्री टवीसिन पदमुक्त

मिति: २०२४-०८-१४ , समय : १८:१८:५९ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाडौं ।
थाइल्यान्डको संवैधानिक अदालतले संविधान उल्लङ्घन गरेको भन्दै प्रधामन्त्री सेटा टवीसिनलाई पदमुक्त गरिदिएको छ ।

प्रधानमन्त्री टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर अवज्ञापूर्ण व्यवहार देखाएको र नैतिकताको नियम उल्लङ्घन गरेको ठहर गर्दै थाइल्यान्डको संवैधानिक अदालतले उहाँलाई पदमुक्त गरेको हो ।

टवीसिन प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन । थाइल्यान्डको संवैधानिक अदालतले १६ वर्षको अवधिमा उहाँसहित तीन जनालाई पदमुक्त गरेको बीबीसीले जनाएको छ ।

अब थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्ने छ । प्रधानमन्त्री टवीसिनले पत्रकार सम्मेलन गरेर आफू अदालतको आदेशप्रति असहमत रहेको बताउनुभएको छ । तर थाइल्यान्डमा संवैधानिक अदालतको निर्णय अन्तिम हुन्छ र त्यसमाथि पुनरावेदन गर्न पाइँदैन । थाइल्यान्डको संवैधानिक अदालतसँग असीमित शक्ति रहेको बीबीसीको खबरमा उल्लेख छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०८-१४ , समय : १८:१८:५९ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्