सप्तरीको कोशी ब्यारेज गाँजा तस्करीको हव बन्दै : झण्डै एक सय १५ किलो गाँजा बरामद
मिति: २०२४-०८-१४ , समय : १७:२९:३८ , गामघर डेस्क
मिति: २०२४-०८-१४ , समय : १७:२९:३८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पछिल्लोपटक सप्तरीको कोशी ब्यारेज गाँजा तस्करीको हव बन्दै गएको छ । साेहि क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ कोसी व्यारेजस्थित गोलघर नजिक कोसी नदीको किनारबाट प्रहरीले मंगलबार राति एक सय १५ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।
कोशी नदीको किनारमा बेवारिसे अवस्थामा काठको डुङ्गामा लोड गरी राखेको ८ बोरामा रहेको एक सय १५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
कोसी व्यारेजबाट ठूलो परिमाणमा पटक पटक गाँजा बरामद हुँदै आएपनि तस्करी गर्ने भने पक्राउ पर्दैनन् । यता बरामद भएको गाँजा बारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-१४ , समय : १७:२९:३८ , 8 months अगाडि