बिहारको एक मन्दिरमा भागदौड : सात जनाको मृत्यु, नौ जना घाइते
मिति: २०२४-०८-१२ , समय : १३:२७:३० , गामघर डेस्क
मिति: २०२४-०८-१२ , समय : १३:२७:३० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
भारतको एक मन्दिरमा आज भएको भागदौडमा कम्तीमा सातजनाको मृत्यु भएको छ। अन्य नौजना घाइते भएका छन्।
बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो।
घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलंकृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताएकी छन्।
भागदौड कसरी सुरू भयो भन्ने विषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन। जेहानाबादका प्रहरी प्रमुख दिवाकरकुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताए।
यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएका छन्। (रासस/एएनआइ)
प्रकाशित मिति: २०२४-०८-१२ , समय : १३:२७:३० , ४ महिना अगाडि