मधेस प्रदेश : ८० बिघामा लगाएको आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी , स्थानीयको विरोध
मिति: २०२४-०८-११ , समय : ०७:२७:५६ , गामघर डेस्क
मिति: २०२४-०८-११ , समय : ०७:२७:५६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाकाे बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा क्षेत्रफलमा लगाएको आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेसँगै स्थानीयले विरोध गरेका छन् । काठमाण्डौको जन्दादेवी सोलार प्रा.लि.ले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अगाडि बढाउने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन् ।
कम्पनीले ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको छ । कम्पनीले गएको असार २९ गते किसानसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा आठ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ ।
संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले त्यहाँ कुनै सिंचाई आयोजना नरहेको भन्दै ती जग्गा सिंचाईयोग्य नरहेको प्रमाणित गरिदिएको बटेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिनुभयो ।
जन्दादेवी सोलार प्रा.लि.ले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडाध्यक्ष महतो बताउनुहुन्छ । उहाँकाअनुसार वर्षेनि यस क्षेत्रबाट लाखौं रुपैयाँको आँप बिक्री हुन्छ । स्थानीय किसान रामउदगार महतोले आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: २०२४-०८-११ , समय : ०७:२७:५६ , ५ महिना अगाडि