मधेस प्रदेश : स्रोत नखुलेको दुई लाख रुपैयाँसहित भारतीय पक्राउ
मिति: २०२४-०८-१० , समय : १५:५७:५७ , गामघर डेस्क
मिति: २०२४-०८-१० , समय : १५:५७:५७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको रौतहटमा स्रोत नखुलेको नेपाली दुई लाख बढी रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ बर्षीय रबिन्द्र कुमारलाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गण गौरबाट खटिगएको मोबाइल गस्ती टोलीले बौधिमाई नगरपालिका ७ अरुवा खोला छेउ सिमावर्ती इलाकाबाट उनलाई पक्राउ गरेको हो ।
भारत बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ वर्षीय रबिन्द्रकुमार लाई २ लाख ११ हजार ८४० रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपाल आउने क्रममा रबिन्द्रकुमार चढेको विआर ३० ए एफ ६९३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए । यता बरामद रुपैयाँ र मोटरसाइकलको १ लाख ५० रुपैयाँ मूल्याङ्कनसहित इन्द्र कुमारलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति: २०२४-०८-१० , समय : १५:५७:५७ , ५ महिना अगाडि