मधेश प्रदेश सरकारको जम्बो मन्त्रीमण्डलविरूद्ध जनकपुरमा कुर्सी जुलुस प्रदर्शन
मिति: २०२४-०८-०७ , समय : २२:४५:१० , गामघर डेस्क
मिति: २०२४-०८-०७ , समय : २२:४५:१० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेश सरकारले २० सदस्य मन्त्रीमण्डल बनाएको विरोधमा जनकपुरमा केर्सी जुलुस प्रदर्शन भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका हुन् ।
जनकपुरको रामानन्दचोकबाट कुर्सी जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको छ । उनीहरु मुख्यमन्त्रीको राजिनामा समेत मागेका छन् ।
मुख्यमन्त्री सतिश कुमार सिंह मंगलबार पाँच राज्यमन्त्री थप गर्दै अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्री मण्डल बनाएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ । अनलाइनखबर
प्रकाशित मिति: २०२४-०८-०७ , समय : २२:४५:१० , ४ महिना अगाडि