डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाको शव काठमाडौं ल्याइयो
मिति: २०२४-०८-०७ , समय : १८:३६:१६ , गामघर डेस्क
मिति: २०२४-०८-०७ , समय : १८:३६:१६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव काठमाडौं ल्याउने तयारी भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागिएको हो । पाँचै जनाको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर हेलिकप्टरका पाइलट अरुण मल्ल तथा चिनियाँ नागरिकहरू जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सीको मृत्यु भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधवार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो। बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।
प्रकाशित मिति: २०२४-०८-०७ , समय : १८:३६:१६ , ५ महिना अगाडि