सप्तरीमा बिधुत चुहावट गर्ने सात जना प्रहरी नियन्त्रणमा
मिति: २०२३-०३-१४ , समय : ०८:२२:०० , शुभ नारायण यादब
मिति: २०२३-०३-१४ , समय : ०८:२२:०० , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । पछिल्लोपटक सप्तरीमा विघुत चुहावट नियन्त्रण अभियानमा तिव्रता दिएपछि धमाधम मान्छेहरु पक्राउ पर्न थालेका छन । साेहि क्रममा अनाधिकृत रुपले बिधुत उपयोग गरिरहेको सप्तरी बिभिन्न नगरपालिका तथा गाउपालिकाबाट सात जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हाे । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल बिधुत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएका हुन ।
टाेलिले सप्तरीकाे तिलाठी कोईलाडि गाउपालिका वडा न. ६ बस्ने बर्ष ५५ को लक्ष्मि यादव , साेहि ठाउका बर्ष १८ को राजेश यादव, बर्ष १५ को कृष्ण कुमार यादव , बर्ष ५५ को जोगिन्द्र यादव , हनुमाननगर कंकालिनि नगरपालिका वडा न. ६ बस्ने बर्ष ३० को बिक्रम मण्डल , बर्ष ५४ को बद्रि प्रसाद मण्डल र बर्ष ५१ को राम कुमार मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता नियन्त्रणमा लिएकाहरुलाइ हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको तथा उनिहरुलाइ विघुत चुहावट एेन अन्तरगत जरिवाना लिएर छाडने नेपाल विघुत प्राधिकरण राजविराज शाखाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-१४ , समय : ०८:२२:०० , २ वर्ष अगाडि