मधेस प्रदेश : जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सहित एक महिलालाई पक्राउ
मिति: २०२४-०८-०७ , समय : १२:२५:३८ , गामघर डेस्क
मिति: २०२४-०८-०७ , समय : १२:२५:३८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
बारा प्रहरीले आइतबार लागु अौषध गाजा सहित एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरी चौकि पथलैयाका ईन्चार्ज प्रहरी वरिष्ठ प्रहरी निरीक्षक नरेश साहीको कमान्डमा खटिएको प्रहरीलो गस्ती टोलीले जितपुर सिमरा उपमहानगरपालिका १ आधाभार जङ्गल स्थित सडक छेउमा पिठयुमा कालो झोला बोकी उभि रहेकी एक जना महिला माथि शंखा चेकजाच गर्दा जिल्ला बर्दिया मधुवन नगर पालिका वडा नम्बर ७ बस्ने बर्ष २५ की प्रीयान्का श्रेष्ठलाई ८ किलो ५ सय ग्राम लागु अौषसध गाजा सहित पक्राउ गरी आवश्यक कानुनि कार्वाही अगाडि बढाईको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका हुन।
यता जिल्ला प्रहरी कार्यालय बाराले शनिबार राति जबर्जस्तीकरणी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदर्शाटोलका २७ बर्षको ईम्तियाज अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी न्यब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराउनु भएको छ।
अन्सारीलाई विशेष सुचनाको आधारमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदार्शाटोलमा लुकिछिपि बसिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट बसपार्क बाराबाट खटिएको प्रहरीको टोलिले पक्राउ गरी बारा जिल्ला अदालतमा बुझाएको छ । अन्सारीलाई बारा जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा ९ बर्ष ६ महिना १५ दिन फैसला गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-०७ , समय : १२:२५:३८ , ५ महिना अगाडि