सकिन लाग्यो धान रोपाइँ : मधेस प्रदेशमा ९५.४ प्रतिशत रोपाइँ

मिति: २०२४-०८-०६ , समय : ०९:०७:५७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
देशभरका किसान मैजारोतिर लागेका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ९६.३ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिममा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टरमा रोपाइँ भएको छ । सबैभन्दा कम धान रोपाइँ हुने कर्णालीमा ९९.२ प्रतिशत रोपाइँ सकिएको छ ।

कर्णालीमा ४१ हजार नौ सय चार हेक्टरमा रोपाइँ हुनेछ । त्यस्तै, सबैभन्दा धेरै धान रोपाइँ हुने क्षेत्रफल रहेको लुम्बिनीमा ९६.७ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ तीन लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुने गरेको छ । गण्डकीमा ९६.१ प्रतिशत रोपाइँ सकिएको छ ।

बागमती प्रदेशमा ९४.९ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । बागमतीमा एक लाख १४ हजार पाँच सय ६१ हेक्टरमा रोपाइँ हुने अनुमान छ । सबैभन्दा धेरै धान उत्पादन हुने मधेशमा ९५.४ प्रतिशत रोपाइँ सकिएको छ ।

यहाँ तीन लाख ८६ हजार एक सय ५० हेक्टरमा रोपाइँ हुने अनुमान छ । कोशीमा ९५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान छ । नयाँ पत्रिका

प्रकाशित मिति: २०२४-०८-०६ , समय : ०९:०७:५७ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित