भारतको हिमाचल प्रदेशमा अति ठूलो वर्षा हुँदा ५० जनाभन्दा धेरै बेपत्ता
मिति: २०२४-०८-०१ , समय : १३:४४:५२ , गामघर डेस्क
मिति: २०२४-०८-०१ , समय : १३:४४:५२ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतको हिमाचल प्रदेशको रामपुर र मन्डी नजिक अति ठूलो वर्षा हुँदा ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् । ‘क्लाउडबस्र्ट’ अर्थात् अचानक स्थानीय प्रकृति र छोटो अवधिको अति ठूलो वर्षाका कारण ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका बीबीसी हिन्दीले जनाएको छ ।
यस्तै शिमलाको सरपारा पञ्चायतको समेज र मन्डीको टिकन क्षेत्रमा पनि अति ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यसैबीच हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले एनडीआरएफ, एसडीआरएफ, प्रहरीलगातयको टोली खोजी र उद्धार कार्यमा जुटेको जानकारी दिनुभयो ।
यस्तै अति ठूलो वर्षाका कारण कुल्लूको निर्मन्ड सबडिभिजनमा चार वटा मोटरेबल पुल भत्किएको छ । यो घटनालाई लिएर मुख्यमन्त्री सुक्खूले आपत्कालीन बैठक बोलाउनुभएको बीबीसी हिन्दीले जनाएको छ । एजेन्सी
प्रकाशित मिति: २०२४-०८-०१ , समय : १३:४४:५२ , ५ महिना अगाडि