साउनको दोस्रो सोमबार : पशुपतिनाथसहित शिव मन्दिरहरुमा दर्शनार्थीको भिड

मिति: २०२४-०७-२९ , समय : ०७:२४:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरका साथै मुलुकभरिका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ ।

गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।

[caption id="attachment_13601" align="alignnone" width="1080"] साउनको दोस्रो सोमबार बिहान देखिएको पशुपतिनाथ मन्दिर क्षेत्रको दृश्य र मन्दिरमा दर्शन तथा पूजा गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल /रासस


त्यस्तै साउन महिनाकाे दाेस्राे साेमबार सप्तरी सहित मधेस प्रदेशका शिव मन्दिरहरुमा पुजापाठ गर्ने भक्तजनहरुकाे भिड लागेको छ ।

प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०७:२४:३५ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित