भारतमा शिशु बेचबिखन घटनामा नौ जनाविरुद्ध मुद्दा दायर, पाँच नवजात शिशुको उद्धार

मिति: २०२४-०७-२५ , समय : १२:२५:५२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतमा केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिद बिक्री सम्बन्धी घटनामा नौ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । अभियोग पत्रमा परेका आठ जना आरोपितलाई यसअघि सिबिआईले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो ।

अनुसन्धानका क्रममा अहिलेसम्म पाँच नवजात शिशुको उद्धार पनि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। आरोपितहरू सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमा संलग्न रही विज्ञापनमार्फत शिशु लिन चाहने भारतभरका सन्तान नभएका दम्पतीहरूसँग जोडिएको अनुसन्धानले पत्ता लगाएको छ ।

उनीहरूले धोका दिएर र प्रलोभनमा पारेर आर्थिक रूपमा विपन्न अभिभावकहरूबाट शिशुहरू किनेका थिए । त्यसपछि उनीहरूले प्रतिशिशु चारदेखि छ लाख भारतीय रुपैयाँसम्मको मूल्यमा खाँचोमा परेका दम्पतीलाई जन्म तथा धर्मपुत्रसम्बन्धी नक्कली कागजात बनाएर ठगी गर्ने गरेका पाइएको छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०७-२५ , समय : १२:२५:५२ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित