जहाज दुर्घटनामा पत्रकार महासङ्घ सप्तरीका पुर्व अध्यक्ष खतिवडाको छोरी,ज्वाइ र नाती सहित एकै परिवारका ३ जना सहित १८ जनाको मृत्यु

मिति: २०२४-०७-२४ , समय : १९:११:४६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
सौर्य एयरलाइन्स जहाज दुर्घटनामा नेपाल पत्रकार महासङ्घ सप्तरीका पुर्व अध्यक्ष सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.७ निवासी प्रकाश खतिवडाको छोरी,ज्वाई र नातीको समेत मृत्यु भएको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । प्रिजा खतिवडा कञ्चनरुप नगरपालिका ७ निवासी नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् । प्रकाश खतिवडाको ज्वाई मनुराज शर्मा सौर्य एयरलाइन्सका प्राविधिक रुपमा कार्यरत रहेका थिए भने छोरी प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेकी थिइन । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताए । उनले निधन भएकाहरूमा श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको प्रम सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले घाइते क्याप्टेनको स्वास्थ लाभको कामना पनि गरे । यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए । घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न पनि उनले आग्रह गरे । ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्टनमन्त्री बद्री पाण्डे लगायत सहभागी थिए ।

प्रकाशित मिति: २०२४-०७-२४ , समय : १९:११:४६ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित