साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १९ जनामा १३ जनाकाे शव निकालियाे, जहाज दुर्घटना भएपछि त्रिभुवन विमानस्थल बन्द
मिति: २०२४-०७-२४ , समय : १२:२८:०१ , गामघर डेस्क
मिति: २०२४-०७-२४ , समय : १२:२८:०१ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकाेमा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट लागेको छ ।
आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।
यता सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ ।
काठमाण्डौ आउँदै गरेका जहाजलाई ‘डाइभर्ट’ गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने विमानस्थलले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०७-२४ , समय : १२:२८:०१ , ५ महिना अगाडि