जनकपुर प्रादेशिक अस्पतालले ल्याब रिर्पोट गलत दिने गरेको खुलासा…. कार्यालय सहयोगी गर्छन् ल्याब टेस्ट…….
मिति: २०२३-०३-१३ , समय : २१:३३:०४ , गामघर डेस्क
मिति: २०२३-०३-१३ , समय : २१:३३:०४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालमा कार्यालय सहयोगीले पनि ल्याब टेस्ट गर्ने गरेको र गलत रिपोर्ट दिने गरेको रहस्य खुलेको छ । मधेश सरकारकै सबभन्दा ठूलो हस्पिटल प्रादेशिक अस्पतालमा ल्याबमा हुने गरेको अनधिकृत गतिविधिले चरमलापरवाही उदांगिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ५९ वर्षीया कौशल्या देवी साह अस्वस्थ्य भएपछि फागुन १५ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएकी थिइन् । अस्पतालमै उनको ग्लुकोज लगायत तीनवटाकुराको ल्यब परिक्षण गरियो । ल्याव रिपोर्टमा ग्लुकोजको मात्रा ४२२.५ प्रतिशत आएको थियो । रिपोर्टले अवस्था गम्भीर भएपछि परिवारजन अताल्लिए । परिवारजनले काठमाडौंको हस्पिटल लग्नेसम्मको तयारी गरे । एक चिकित्सकले सल्लाहमा बाहिरको ल्यावमा पुनः एकपटक परीक्षण गराउँदा ग्लुकोजको मात्रा मात्र ११८.७ देखायो । जुन समान्य थियो । यसले सिद्ध भयो की प्रादेशिक अस्पतालको ल्याब रिपोर्ट गलत थियो ।
Sponsored
‘आमा ग्यासटिकको बिरामी हुनुहुन्थ्यो । सुगर धेरै बढेको ल्याब रिपोर्ट आएपछि हामी अतालियौं । काठमाडौं लग्ने तयारी थाल्यौं’ बिरामी कौशल्याकी छोरा रमाशंकरले भने ‘एकजना चिकित्सककै सल्लाहमा एकपटक पुनः बाहिरको ल्याबमा सेम्पल परीक्षण गराउँदा रिपोर्ट समान्य आयो । त्यसपछि अलि स्थित भएर यही हस्पिटलमा राखेर उपचार गरायौं ।’ अस्पतालको गलत रिपोर्टमा भरपर्दा ज्यानै जान सक्ने जोखिम रहेको भनाइ छ ।
महोत्तरीकी २८ वर्षीया बसिरा खातुन गर्भवती भएपछि नियमित चेकजाँच प्रादेशिक अस्पतालमै गराउँदै आएकी छन् । गत माघ १२ गते प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आइन् । चिकित्सकको सल्लाह अनुसार उनले रगतसहितको परीक्षण गराइन् । रगत समूह ‘ओ’ पोजेटिभ आयो । त्यसले उनीसहित चेकजाँच गर्ने चिकित्सकलाई पनि झस्कायो । किन भने प्रादेशिक अस्पतालमै गत असोज ११ गतेमा बसिराले गराएको रगत चेकजाँचमा उनको रगत समूह ‘बी’ पोजेटिभ आएको थियो । चिकित्सकलाई गलत रिपोर्ट लागेपछि बाहिरको ल्याबमा रगतसहितका चेकजाँच गराउन सुझाए । बाहिरको ल्याबमा परीक्षण गराउँदा ‘बी’ पोजेटिभ नै आयो । अर्थात् प्रादेशिक अस्पतालको पछिल्लो बसिराको ल्याब रिपोर्ट नै गलत सावित भयो ।
Sponsored
‘गर्भाअवस्था महिलाको संवेदनशील अवस्था हो । रगतको जुनसुकै बेला अभाव भएर चढाउनु पर्ने हुन सक्छ । यसरी ल्याबको गलत रिर्पोटले ज्यानै जान सक्ने सम्भावना हुन्छ’ एक चिकित्सकले भने ‘यो ल्यावको चरम लापरवाही हो ।’
फागुन १९ गते दिउँसो १ बजेतिर प्रादेशिक अस्पतालको ल्याब कक्षमा पुग्दा बिरामीले दिएको सेम्पल परीक्षण गर्दै कार्यालय सहयोगी सुरेन्द्र यादव भेटिए । नाम र पद सोध्दा उनी डराए । उनले केही कुरा सोध्नु परे भित्र कुर्सीमा बसिरहेका हाकीमसँग सोध्न आग्रह गर्दै त्यहाँबट अन्यत्र हिडे । भित्र कुर्सीमा बसिरहेका थिए ल्याब टेक्निसियन निरीक्षक दुश्यान्त मिश्र । उनले ती मान्छे कार्यालय सहयोगी सुरेन्द्र यादव रहेको बताए । कार्यालय सहयोगीलाई किन सेम्पल परीक्षणमा लगाउनु भएको छ भन्ने प्रश्नमा उनले जनशक्ति अभावको कारण कासले सेम्पल मात्र संकलन गरिरहेको जवाफ दिए ।
‘जनशक्ति अभावको कारण कार्यालय सहयोगीहरुले बिरामीबाट सेम्पल संकलन मात्र गर्नु हुन्छ । जाँच हामी नै गर्छौ ।’ भन्दै उनले जिकीर गरे । तर, कार्यालय सहयोगीहरु पनि परीक्षण गर्ने गरेको पाइएको छ ।
कौशल्या देवी र बसिरा खातुनको प्रादेशिक अस्पतालको ल्याब रिपोर्ट गलत आउनु र ल्याव परीक्षण गर्ने कास सुरेन्द्र उदाहरण मात्र हुन् । यो लापरबाही प्रादेशिक अस्पतालको लागि समान्य र नियमित जस्तै भइसकेको । अस्पतालमा यसरी कार्यालय सहयोगीले जाँच गरेको कैयौं बिरामीको ल्याब रिपोर्ट गलत दिने गरेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । तर, अस्पताल व्यवस्थापन पक्ष यस विषयमा गम्भीर छैनन् । ल्याबको गलत रिपोर्टले ज्यान जाने खतरा रहेको चिकित्सकहरुको भनाइ छ ।
’प्रादेशिक अस्पतालको ल्याव रिपोर्ट धेरै अविश्वसनीय छ । प्रायः यस्तो गलत रिपोर्ट भेटिरहन्छ’ एक चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने ’रिपोर्टकै आधारमा हामीले औसधि उपचार गर्छौं । गलत रिपोर्टको आधारमा औसधि उपचार भयो भने बिरामीको ज्यानै जान सक्ने सम्भावना रहन्छ । ल्याब रिपोर्ट अत्यन्त संवेदनशील विषय हो’
अस्पतालका ल्याब इन्चार्ज प्रमेश्वर यादवले जनशक्तिको अभावले कार्यालय सहयोगीहरु सेम्बल संकलन मात्रै गर्ने गरेको दावी गरे । ‘सेम्पल संकलनमा मात्र कार्यालय सहयोगी रहन्छन् । जनशक्ति छैन । तर परीक्षण हामी आफैले गर्छौं’ उनले भने ‘दिनमा तीनचारसय जनाको ल्याब परीक्षण हुन्छ । चारजना मात्रै ल्याब टेक्निसियन रहेकाले सेम्बल संकलनमा सहयोग लिने गरेका छौं । गलत रिपोर्ट दिँदैनौं ।’
अस्पतालका निर्देशक डा. प्रमोद यादव भने ल्याबमा कार्यालय सहयोगी परीक्षण गर्नुलाई समान्य रुपमा लिन्छन् । ‘यो समान्य कुरा हो । यस्तो सानसानो कुरा मात्रै किन देख्नु हुन्छ । ठूलो समस्याहरु तर्फ पनि ध्यान दिनु पर्यो‘ उनले भने ‘अस्पतालमा जनशक्तिको अभाव छ । त्यतातिर सरकारले ध्यान दिँदैन । यो कुराहरुको बारे पनि ध्यान दिनुस् ।’
मधेश प्रदेश सरकारकै यो ठूलो अस्पताल हो । हाल ३ सय बेडको यो अस्पताल मधेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याएको एक वर्ष भएको छ । तर, प्रतिष्ठान अन्तर्गत आए यता प्रादेशिक अस्पतालमा उपचार सेवा झनै भद्रगोल बनेको छ । प्रतिष्ठानका पदाधिकारी र अस्पताल संचालकबीच समन्वायात्मक अभाव छ । तर सेवासुविधा लिनमा उनीहरु भने कन्जुस्याइ गर्दैन । तर बजेट अभावको कारण जनशक्ति राख्न नसकेको बहानाबाजी गर्ने काम प्रतिष्ठान र अस्पताल संचालन पक्षले गरेर प्रभावकारी सेवा दिनबाट पञ्छिने गरेका छन् । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०३-१३ , समय : २१:३३:०४ , २ वर्ष अगाडि