मधेस प्रदेश : छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ

मिति: २०२४-०७-२३ , समय : १०:३२:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिराहामा छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको अर्नमा गाउँपालिका वडा न.२ ब्रहमपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

बच्चुले गत जेठ ३ गते बिहान ब्रहमपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ ।

ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो ।

घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिराहाको औरही गाउँपालिका-१ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी सापकोटाले बताए ।

यता पक्राउ परेका बचाइमाथि कर्तव्य ज्यान मुद्दामा ३ को म्याद थपरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०७-२३ , समय : १०:३२:२२ , 9 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित