सप्तरीको राजविराज नगरपालिकाका वडासदस्य तातेड सहकारी ठगीको आरोपमा पक्राउ
मिति: २०२४-०७-१९ , समय : १५:२५:२० , गामघर डेस्क
मिति: २०२४-०७-१९ , समय : १५:२५:२० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज नगरपालिका वडा न.३ का वडासदस्य सिद्धार्थ तातेड सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्। सप्तरी प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। सप्तरीको सदरमुकाम राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहेका तातेडले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।
बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४५ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए। प्रहरीले घटनाको अनुसन्धान गरी तातेडसहित सातजनालाई प्रतिवादी बनाएर १९ साउन ०८० मै मुद्दा दर्ता गरेको थियो।
त्यसको एक वर्षपछि उनी पक्राउ परेका हुन्। अन्य ६ जना अझै फरार छन्। यता पक्राउ परेका तातेडका सम्बन्धनमा अनुसन्धान गर्न सप्तरी जल्ला अदालतबाट शुक्रबार म्याद लिइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२४-०७-१९ , समय : १५:२५:२० , 9 months अगाडि