साउन महिनामा हरियो चुरा र पोते लगाउन थाले महिलाहरु
मिति: २०२४-०७-१९ , समय : १३:१७:४५ , अनिल यादव
मिति: २०२४-०७-१९ , समय : १३:१७:४५ , अनिल यादव
अनिल यादव
राजविराज ।
हरियो चुरा र पोतेको बिक्री बडदै गएकाे छ। साउन महिनामा धेरै युवती(महिला) हरुले हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरुमा जाने युवतीहरु रोजाई हरियो रंग कै सामाग्रीमा हुने गरेको छ । पछिल्लो समयमा महिलाहरुसंग ससाना बालिका हरुले समेत हरियाे चुरा लगाउने प्रचलन समेत बडदै गईरहेकाे छ। अहिले सप्तरीको सदरमुकाम राजविराज सहित मधेस प्रदेशका विभिन्न जिल्लाकाे सदरमुकामहरुका साथै कोशी प्रदेशको मोरङको रङ्गेली, सुनबसी , धनपालथान , रतुवामाई लगायतका हाट बजारमा युवती महिलाहरूको बाक्लो उपस्थित हुन थालेको छ। उनिहरुले एकातिर हरिया चुरा, पोते र हरियाे पहिरनको ब्यापार समेत बढेको छ । चुरा लगाउने प्रचलन इजिप्टबाट सुरु भएपनि नेपालमा भने भारतीय संस्कृति र बजारबाट प्रवेश गरेको पाइन्छ । धार्मिक ग्रन्थ अनुसार हरियो चुरा लगाउनु पर्ने र यसको महत्व खासै बर्णन भएको देखिदैन । साउन महिनामा भगवान शिवको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, शान्ती, धन, विद्या आर्जन हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको छ । शिवको आरधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेकामा हाल हरियो जुरा र हरियो वस्त्र लगाएर शिवजीको ध्यान गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिला आफुले खोजेजस्तो पति पाइने भन्ने जनविश्वास रहेको छ । हिन्दु संस्कृतिमा हरियो चुराको यर्थाथ महत्व नबुझी टोल, छिमेकीको वातावरणको प्रभावले गर्दा देखासिकीलाई अंगालेको धर्मसंस्कृतिका जानकारहरुको भनाई छ । युवा पुस्ताले हरियो रंगलाई प्रेम र वातावरणको प्रतीक मानेका छन् । त्यसैकारण हरियो लुगा लगाएसँगै प्रकृतिको सम्मान गरेको भन्ने भनाई पनि रहेको छ । हरियो रंग भित्र प्रकृतिको सम्मानका साथै प्रेम झल्कन्छ भन्ने बुझाई छ ।
प्रकाशित मिति: २०२४-०७-१९ , समय : १३:१७:४५ , ५ महिना अगाडि