सप्तरीको पकरी डलवा बाग सडक अलपत्र : स्थानीयहरु समस्यामा , ठेकेदार फरार

मिति: २०२४-०७-१४ , समय : १७:२८:१४ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । सप्तरीको पकरी डलवा बाग सडक अलपत्र पारेर ठेकेदार कम्पनी सडकको निर्माण कार्य अलपत्र छाडेर फरार भएको छ । मधेस प्रदेस सरकारले पकरी डलवा बाग सडकको ठेक्का रमन–आईएसएनबी जेबी जनकपुरधाम धनुषासगं गत २०७८ साल चैत ७ गते ३१ करोड २४ लाख ८ हजार ३२४ रुपैयाँ २८ पैसामा(भ्याट बाहेक) सम्झौता गरी २०८० चैत ८ गते सम्पन्न गर्नेमा फागुन–चैतदेखि कछुवाको तालमा महादेवा गाउँपालिका वडा १ को पकरी,सोनरा गाउँमा ग्राभेल कुनै क्नै ठाउँमा मात्र हालेको कारण स्थानिय अहिले हिल्लो भएर आवत जावत गर्न बाधय रहेको स्थानिय बताउछन । सम्झौता गरेर यतिका दिन खानमा तेल हालेर सम्झौताको अन्तिम समयमा निर्माण शुरु गरेर अहिले सडकको काम अलपत्र पारेर ठेकेदार कम्पनी फरार भएको स्थानिय दिपक यादव बताउनुहुन्छ । सो बाटो भएर दिनु सयौ जनाको आवत जावत हुने ठाउँमा ठेकेदार कम्पनीले निर्माण कार्य अलपत्र छोडिदा हिल्लो भएर सयौ जना आवत जावत गर्न बाध्य छन । हिल्लोका कारण सो ठाउँमा एम्बुलेन्स जान नसक्दा विरामीलाई बोकेर हुलाकी लोकमार्गसम्म ल्याउनु परेको स्थानिय जयनारायण बताउनु हुन्छ । ठेकेदार कम्पनीले बस्ती क्षेत्रमा ढलानको काम गर्ने अन्य ठाउँमा पिच गर्ने भौतिक पुर्वाधार कार्यालयका ईन्जिनियर दिपेन्द्र यादवले जानकारी दिनु भयो । निर्माण कम्पनीका ईन्जिनियर के.पी. शर्माले विवादीत ठाउँमा काम नगरेको बताउनु भयो । महादेवा गाउँपालिका वडा १ का वडाध्यक्ष जयश्वर किशोर दासका अनुसार यस वडामा कुनै पनि ठाउँमा बाटो बनाउने विषयमा विवाद नरहेको दावी गर्नु भयो ।

प्रकाशित मिति: २०२४-०७-१४ , समय : १७:२८:१४ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित