मधेस प्रदेश : सर्पको टोकाइबाट एक महिलाको मृत्युु
मिति: २०२४-०७-१३ , समय : १३:०८:१२ , गामघर डेस्क
मिति: २०२४-०७-१३ , समय : १३:०८:१२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
मधेस प्रदेशको सिरहामा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको ज्यान गएको हो ।
चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उहाँको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा ज्यान गएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०७-१३ , समय : १३:०८:१२ , ५ महिना अगाडि