दुईवटा बस त्रिशूली नदीमा बेपत्ता : ६५ जना यात्रुको अवस्था अज्ञात,उद्धारमा समस्या
मिति: २०२४-०७-१२ , समय : ०८:२०:३२ , गामघर डेस्क
मिति: २०२४-०७-१२ , समय : ०८:२०:३२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ बजे दुई बस त्रिशूलीमा खसेका हुन्।
उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। पानी परिरहेकाले समस्यामा भइरहेको छ। पहिरो पन्छाउन सुरु गरिएको छ। बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त हुन नसकेको बताइएको छ।
प्रकाशित मिति: २०२४-०७-१२ , समय : ०८:२०:३२ , 9 months अगाडि