कम्प्युटर अपरेटर यादवकाे निधनकाे शाेकमा राजविराज नगरपालिका बन्द

मिति: २०२३-०३-१३ , समय : १०:३४:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजबिराज नगरपालिका वडा नं.६ वडा कार्यालयका कम्प्युटर अपरेटर मुकुन्द कुमार यादवकाे अल्पआयुमा निधन भएको छ ।


सप्तरीको साबिक लालापटि निवासि हाल राजविराज नगरपालिका वडा न.६ बस्ने ३४ बर्षिय कम्प्युटर अपरेटर यादवकाे अाइतबार राति अचानक निधन भएको शाेकमा अाज साेमबार राजविराज नगरपालिकाले बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकाकि कावा नगर प्रमुख इसरत परविनले एक विज्ञप्ति प्रकाशन गरि यादवकाे निधन भएकोमा दुख ब्यक्त गर्दै राजविराज नगरपालिकाकाे अति अावश्यक सेवा बाहेक यश नगरपालिका कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरु शिक्षण सस्थाहरु अाज बन्दकाे घाेषणा गरिएको छ । साथै जारि विज्ञप्तिमा यादवको निधनले पुरै नगरपालिका तथा वडा शोकमग्न भएको उल्लेख गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित शोकको यश घडीमा परिवारजनमा धैर्यधारण शक्ति प्राप्त होस भन्ने प्रार्थना समेत गरेका छन । यस्तै साेहि अवसरमा नेकपा माअाेवादि केन्द्रले मृतककाे पार्थिक शरिरमा पार्टीको झण्डा अाेढाएर अन्तिम विदाइ गरिएको छ । साेहि अवसरमा नेकपा माअाेवादि केन्द्रका युवा नेता तथा निवर्तमान वडाअध्यक्ष प्रेम यादव , केदार देव लगायतकाहरुकाे उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति: २०२३-०३-१३ , समय : १०:३४:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित