नेपाल प्रेस युनियनद्वारा पत्रकार महासंघको कार्यालय अगाडि धर्ना
मिति: २०२४-०७-०१ , समय : २१:४२:५० , गामघर डेस्क
मिति: २०२४-०७-०१ , समय : २१:४२:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सदस्यता विवाद नमिलाईकनै निर्वाचन तालिका सार्वजनिक गरेको विरुद्धमा नेपाल प्रेस युनियन आवद्ध पत्रकारहरु नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा सोमबार धर्ना बसेका छन् । महासंघले सदस्यताको विवाद टुंगो नलगाईकन महासंघ केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरोधमा उनीहरु धर्नामा बसेका हुन् ।
प्रेस युनियन केन्द्रीय समितिको निणर्यलाई पालना गर्दै विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम अनुसार धर्नामा बसेको प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कणर्ले जानकारी दिएका छन् ।
प्रेस युनियन केन्द्रीय समितिको निणर्य अनुसार महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार देशका सबै शाखामा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय भएको थियो ।
यता पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, प्रक्रिया मिच्दै सदस्य थप गरी मतदाता नामावली सार्वजनिक गरेपछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालय तथा जिल्ला शाखाहरुमा तालाबन्दी गरेर आन्दोलन सुरू गरेको अध्यक्ष कणर्ले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-०७-०१ , समय : २१:४२:५० , ६ महिना अगाडि