मधेस प्रदेशको सिराहामा सशस्त्र प्रहरीकै मिलाेमताेमा सीमाबाट तस्करी : तस्करी गर्न लागिएको मदिरा बरामद

मिति: २०२४-०७-०१ , समय : ०९:३६:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहाका भारतसँग जोडिएका नाकबाट सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलकै हाकिमहरुको सेटिङमा खुलेआम तस्करी भइरहेको छ । तस्करहरुले सशस्त्र प्रहरी बल ७ नम्बर गणको मिलेमतोमा तस्करी भइरहेको पाइएको छ । सिराहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो । पछिल्लो समय तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पु¥याउँछन् । कानुन पालना गर्न भन्सारका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन्।
सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सिराहाका छोटी भन्सार नाकामार्फत बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करहरुले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक्स सामान सेटिङ मिलाएर ल्याइरहेका छन् । सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी आइरहेको छ । तस्करी बढेसँगै राज्यले पाउने करोडौं राजस्व गुमिरहेको छ। सरकारले भन्सारछली तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गठन गरेको छ । नेपाल प्रहरीलाई पनि तस्करी नियन्त्रण गर्ने अभिभारा छ । भन्सार कार्यालयले पनि तस्करी नियन्त्रण गरी राजस्व असुली गर्ने जिम्मा पाएको छ । तर सिरहामा भने यी तीनै निकायको मिलेमतोमा खुलेआम तस्करी भइरहेको छ । सिरहाका तीनवटा भन्सार कार्यालयबाटै सेटिङ मिलाएर अहिले तस्करी हुने गरेको छ । सिराहामा ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर (खैरटोका) छन् । यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) र सँगै नेपाल प्रहरी पनि छ। झाझपट्टी, नरगी र मूल भन्सार खैरटोकाबाट पछिल्लो समय तस्करी बढी भइरहेको छ । झाझपट्टी र नरगी नाकामा भन्सार कार्यालय छैन । यहाँ सशस्त्र र नेपाल प्रहरी छन् । तस्करहरूले सीमा नाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारीलाई मोटो रकम दिई ‘महिनावारीकै रुपमा घुसबापतको अवैध रकम तिरी’ दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् । सीमा नाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रण गर्नुभन्दा पनि संरक्षण गरि तस्करको गोदामसम्म पु¥याउने गरेको आरोप छ ।
सिराहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी,बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करहरूले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ रजनीगन्धा, गुटखा भन्सार राजश्व छली गरी नेपाल भित्र्याइन्छ र वारी नेपाल’बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी ‘भारतीय बजार पु¥याइन्छ । वरियारपट्टिका स्थानीयका अनुसार यस नाकाबाट रातभरि भारतीय बजारबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिराहाको ठूलो बजार लाहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुन्छ । बरियारपट्टि नाकाबाट राजीब यादब, बिजय साह, राकेश यादब र नथुनी साहले कपडाको तस्करी गर्ने गरेका छन् । उनीहरुले तस्करी गर्न छुट दिएबापत प्रतिमहिना ३ लाख ५० हजार बुझाउने गरेको स्रोतले बतायो । त्यस्तै गिता, रेणु, जीबछी, दाँतवालीले प्रतिमहिना ७० हजार रुपैयाँ दिने गरेको स्रोतले बतायो । झाझपट्टी नाका पारी भारतीय ललमनिया बजारबाट दैनिक उपभोग्य सामानसँगै सुर्ती, राजनिवास, रजनिगन्धा गुट्खा आउने गरेको स्थानीयले बताए । उनीहरुका अनुसार यो नाकाबाट तस्करी हुने सामान राजमार्गका गोलबजार, धनगडी, लहानसम्म पुग्ने गरेको छ।
मुख्य भन्सार माडर हो । यहाँ भन्सार परिसरभित्रै सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म छ । जहाँ प्रहरी नायव उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरी चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीलाई सहयोग पु¥याउन उपस्थित छ । व्यापारीहरुका अनुसार यो नाकाबाट तस्करी बेरोकटोक चलेको छ । यहाँबाट तस्करी गर्ने ओपेन्द्र साह, अजाद हुसेन मियाँ, प्रमोद, राम सेवक, इन्द्रदेब, लटु र धियानीको लगायतका कपडा तस्करहरुको एउटा समूह रहेको छ । ललिता, झरकलही, ओकिल, लाल, ज्याहुल, र दरबीन, अजित, मोहन, दिनेश, भारतीय तस्कर अजय, रामकुमार यादबले मासिक ३५ हजारदेखि १ लाख रुपैयाँसम्म सशस्त्र लाई बुझाउने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि चाँदीका तयारी गहना र सुन तस्करी हुने गरेको उनीहरुको दाबी छ । यस्तै लत्ताकपडा, मोटर पाटर््स, खाद्य सामान, प्रतिबन्धित कुखुरा, सेतो अण्डा तस्करले सेटिङमा भित्र्याउने गरेका छन्। पटहेर्वा र मूल भन्सारको पूर्व–उत्तरको बाटोबाट पनि तस्करले सामान भिœयाउने गरेको माडरका स्थानीय बताउँछन् । झाझपट्टी र खैरटोका नाका पनि पछिल्लो समय चम्केका छन् । यी नाकाबाट दैनिक उपभोग्य वस्तुसँगै सुर्ती र सुर्तीजन्य पदार्थ तस्करी भएर नेपाल भित्रिने क्रम बढेको छ । तस्करी भएर आएको सामान पहिले माडर बजार पुग्ने र त्यसपछि पटेर्वा लगायत बाटो प्रयोग भएर जिल्लाभरका बजारमा पु¥याइन्छ । भारततर्फको बजार पिपराहीबाट लत्ताकपडा र दैनिक उपभोग्य सामान नरगीमा भण्डारण गरिन्छ । यहाँबाट मोटरसाइकलको पछाडि बाँधेर सिरहाका विभिन्न व्यापारीको गोदामसम्म पु¥याइन्छ । बोर्डर वारिका व्यापारीको गोदामसम्म तस्करीका सामान बोकेको मोटरसाइकल आइपुग्न न्यूनतम चार र अधिकतम सातवटा सुरक्षा पोस्ट पार गर्नुपर्छ ।
सिरहाको ४६ किलोमिटर क्षेत्रमा जम्मा सशस्त्रका दुईवटा गुल्म र पाँच वटा बोर्डरआउट पोष्ट रहेका छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म इनरुवा ठाडी मातहत मानबराजपुर र बडहरी बीओपी पर्दछन् । त्यस्तै प्रस्ताबित सिमा सुरक्षा गुल्म माडर अन्तर्गत लगडी, इटाटार र बरियारपट्टि बीओपी पर्दछन् । इनरुवा(ठाडी) नाकाबाट सदाम मियाँले गाई, गोरु नेपालबाट भारत र खसीबाख्रा र राँगा भारतबाट नेपाल ल्याउने गरेका छन् । उनको अर्को मुख्य कारोबार भनेको हुण्डी पनि हो । यस्तै कपडा र इलेक्ट्रोनिक्स समानको कारोबार गर्ने बैजु मण्डल, बलराम गुप्ताले पनि घुस बुझाएर तस्करी गर्न छुट पाएका छन् । यहाँका रामसिया, पिंकी, लिपिस्टिकवाली किराना तथा महिलाले लगाउने कपडा र कस्मेटिक समानको कारोबार गरे वापत सशस्त्र प्रहरीलाई नजराना बुझाउने गरेका छन् । पवन गुप्ता, बासुकी साह, बिकास भन्ने भारतीय ब्यापारीले पनि सेटिङमै तस्करी गर्ने गरेका छन् । जिबछ यादव र भारु नाम गरेका ब्यापारीलाई खानेतेल, चिनी, कपडा र रक्सीको लाइन दिएवापत घुस असुली गर्ने काम हुँदैआएको छ । त्यस्तै राजा सहनी माछाका कारोबारी हुन् । उनले भारतबाट भन्सार नतिरी नेपालमा दैनिक ६ वटा मोटरसाइकलमा दर्जनौं पटक माछा नेपालमा ल्याउँछन् ।
सिराहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ । असार ११ गते राति १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको फौजले बरामद गरेको हो ।बरामद मदिरामा विभिन्न ब्रान्डको ह्विस्की र बियरसहित साना ठुला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्रान्डको ६० कार्टुन रहेको छ । मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समूह र सशस्त्र प्रहरी बिच खोसाखोस हुँदा करिब १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ । बरामद मदिरा तथा साइकल आवश्यक कारबाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२४-०७-०१ , समय : ०९:३६:५४ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित