श्रीमतीको हत्या गरेकाे अभियाेगमा पतिलाई जन्मकैदको सजाय
मिति: २०२४-०६-२७ , समय : २०:४८:१७ , गामघर डेस्क
मिति: २०२४-०६-२७ , समय : २०:४८:१७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा श्रीमतीको हत्या अभियुक्त उनका पतिलाई जन्मकैदको सजाय भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले
सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.५ मोहनपुरकी ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या आरोपमा उनका श्रीमान ३७ वर्षीय इन्द्रदेव चौधरीलाई जन्मकैदको सजाय गरेको हो ।
इन्द्रदेबलाई जन्मकैदका साथै मृतकका हकवालालाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउने र आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा दुई हजार आठ सय रुपियाँ जम्मा गराउने समेत फैसला भएको जिल्ला अदालतले जनाएको छ ।
आरोपितले २०८० असार १९ गते हत्या गरेको भन्दै मृतकका बुवा सप्तरीको सुरुंङ्गा नगरपालिका–५ का ५२ वर्षीय श्रीनारायण चौधरीले इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दिएका थिए । घरायसी विवादमा झोलामा प्रयोग हुने फित्ताले घाँटी बाँधी थिचेर हत्या गरेको मृतकका बुवाको आरोप छ । खाना खाएर कोठामा सुतेकी किरण असार १९ गते दिउँसो १२ बजे बेहोस अवस्थामा फेला परेकी थिइन् । स्थानीयवासीले घटनाबारे थाहा पाई तत्कालै उपचारका लागि नजिकैको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित कृष्णा अस्पतालमा उपचारका लागि लगेका थिए । अस्पतालका चिकित्सकले किरणको मृत्यु भएको घोषणा गरेको थियो ।
प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले आरोपितलाई घटनाकौ दिन नियन्त्रणमा लिई सोधपुछ गर्दा हत्या घटनामा उनको संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले कर्तव्य ज्यानमा उजुरी दर्ता गरेकोा थियो । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशबाट आरोपित साउन १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
प्रकाशित मिति: २०२४-०६-२७ , समय : २०:४८:१७ , ७ महिना अगाडि