अविरल बर्षाका कारणले सप्तरीमा खाँडो नदीको बाढी पसेर दर्जनौं घर डुबान : महुली बाँध भत्कियो , पूर्वपश्चिम लोकमार्गमा पनि क्षति

मिति: २०२४-०६-२६ , समय : १५:२१:०४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । अविरल बर्षाका कारणले सप्तरीमा खाँडो नदीको बाढी पसेर दर्जनौं घर डुबानमा परेको छ भन्ने महुली बाँध भत्किदा पूर्वपश्चिम लोकमार्गमा पनि क्षति भएको छ । लगातारको बर्षाले सप्तरीको रुपनी गाउँपालिकामा खाँडाे नदीको बाढी पसेको छ । नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर बाढी बस्तीमा पसेको हाे ।

बाढीले रुपनी १ का ३० घर डुबानमा परेको जानकारी प्रहरीले गराएको छ ।सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गापास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ ।

मुसलधार वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयले बताएका छन ।


यस्तै सप्तरीको तिरहुत गाउँपालिका वडा नं १ अन्तर पर्ने महुली बाँध गत राती अविरल बर्षाका कारण भत्किएपछि बैरवा जलमंष्न भएका छन् ।


बुधबार बिहन करिब  ६ बजे बाँध भत्किएपछि कञ्चनरुप नगरपालिका १ बैरवा जलमंगलन भएका हुन् । पुल निर्माण गर्ने सिराहा बिस्नुपुर गाउँपालिकाका इन्जिनियर संतोस कुमार कामतीका अनुसार महुली बाँध भत्केर बााढी पस्दा एउटा मिक्सचर मेसिन समेत बगाईएको छ । उक्त मिक्सचर महुली पुल बनाउने कार्यमा प्रयोग भईरहेका थिए ।
 करिब २०० मिटर बाँध भत्किएर  अबिरल वर्षाका कारण सप्तरीको कतिपय स्थान जलमग्न भएको छ एक स्थानीय मसरुफ शेखले बताए । महुली खेलाको पानीले, कंचनरूप वडा  नम्बर १ बैरवा र हनुमान कंकालिनी नगरपालिका वार्ड नंः३ पोर्ताहा मा धेरै  सडकहरूमा क्षति  पुर्याएको छ । बाढीले भर्खरै रोपेका विगहौंको बाली र गाउँ समेत डुवानमा परेको छ । 
कञ्चनरुप नगरपालिका ९,११,३,७ र ६ नम्बर बडा समेत प्रभावित भएका छन् । कञ्चनरुको वडा नम्बर ९को रघुनाथपुर,११को मुसहरी टोल समेत प्रभावित भएका छन् ।
पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


त्यसै गरी गए रातिदेखिको निरन्तरको वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–१ मा रहेका ३० भन्दा बढी घरमा बाढी पसेको छ । खाँडो खोलामा बाढी आउँदा बस्तीमा पसेको रुपनी–१ का पूर्ववडाध्यक्ष पिताम्वर यादवले जानकारी दिनु भयो । रुपनी गाउँपालिकामा रहेको जलमापन केन्द्रले बिहान ५ बजेको समयमा नदीमा खतराको संकेत पार गरेको जनाए पनि अहिले केही घटेको बताइएको छ । अविरल वर्षाले राजविराजका दुई दर्जन बढी घर पनि डुबानमा परेका छन् ।

प्रकाशित मिति: २०२४-०६-२६ , समय : १५:२१:०४ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित