सप्तरीको बोदे बर्साईन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने
मिति: २०२४-०६-२५ , समय : १२:४१:०४ , उमेश कुमार साह
मिति: २०२४-०६-२५ , समय : १२:४१:०४ , उमेश कुमार साह
उमेश कुमार साह
बोदे बर्साईन ।
सप्तरीको बोदे बर्साईन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ। नगरपालिकाले ११ औं नगर सभामा बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।
बालविवाहविरुद्धको साझा अभियान बोदे बर्साईन नगरपालिकामा संचालित रहेको र नगरलाई बालविवाह न्यूनीकरणका लागि नगरपालिकाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए।
‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा नगरपालिकाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ’, उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ।’
दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई २० हजार नगद दिने तथा स्नातक पास गरि बिवाह गर्ने महिला समेतलाई सहयोग गर्ने बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले जानकारी दिए। ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौं’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं।’
विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख रेनु कुमारी साहले बताए। “स्वास्थ्य जीवन, प्रविधियुक्त गुणस्तरीय शिक्षा, उन्नत कृषि प्रविधि, व्यवस्थित सडक विस्तार, आर्थिक समृद्विको आधार” भन्ने मूल नाराका साथ नगरपालिकाको सभा हलमा शनिबार आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो। नगर सभामा कुल बजेट ८२ करोड ५१ लाख ४४ हजार अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
प्रकाशित मिति: २०२४-०६-२५ , समय : १२:४१:०४ , ६ महिना अगाडि