मधेस प्रदेश : स्थानिय र प्रदेश सरकारको कार्यालयमा तिन तहको कमिशनले सेवग्राहीहरु मारमा

मिति: २०२४-०६-२४ , समय : १३:१९:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा रहेका मधेश प्रदेश सरकार अन्तर्गतको विकासीय कार्यालय र स्थानिय तहमा कमिशन लिने दवावले सेवाग्राही मारमा परेका छन् ।
प््रादेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र, खानेपानी कार्यालय,पशु सेवा केन्द्र, पुर्वाधार विकास कार्यालय लगायत कार्यालयले विकासीय योजनामा तिन तहमा मागँ गरिएको कमिशनले सेवाग्राही मारमा परेका छन् । प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र मार्फत कृषि सडक निमार्ण ,खानेपानी कार्यालयको विभिन्न योजना र पशु सेवाले किसानको लागि राखिएको विभिन्न कार्यक्रम र पुर्वाधारका योजना सम्पन्न पछि भुक्तानी माग्दा कार्यालय, लेखा र प्राविधिकलाई दिनु पर्नै कमिशनले काम गर्नै नगर्नै दोधारमा रहेको एक उपभोक्ता समितीका पदाधिकारीले गुनासो पोखे । कार्यालयको सुचना बमोजिम योजना सम्पन्न गरि सके पछि भुक्तानीका लागि सम्पुर्ण कागजात दिए पनि कमिशन नदिए सम्म भुक्तानी रोकि दिईने गरेको ति पदाधिकारीले बताए ।
यता स्थानिय तहमा समेत कमिशन लिने शैली र परम्परा रहेको सेवाग्राहीहरुको गुनासो रहेका छन् । पालिका देखि वडा सम्म र लेखालाई छुट्टै कमिशन दिनु पर्नै वाध्यता हुने गरेको एक उपभोक्ता समितिले बताए । कार्यक्रम सम्पन्न भई सक्दा वडा स्तरको काममा सम्वन्धित वडालाई,, प्राविधिकलाई र अन्तमा लेखालाई कमिशन दिए मात्र भुक्तानी हुने गरेको ति उपभोक्ताले बताए । राजविराज टुडे

प्रकाशित मिति: २०२४-०६-२४ , समय : १३:१९:४८ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित