मिथिलान्चलमा लाेप हुदै गुद्री माग्ने शारङ्गी बाबा

मिति: २०२४-०६-२३ , समय : १६:४६:४३ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

छिन्नमस्ता ।
मिथिलान्चलमा लोप हुदै गएका शारङ्गी बाबा अचेल मिथिलान्चलको विभिन्न ग्रामिण भेगमा लामो समय पछि फेला परेको छ । विगत केही वर्ष अघि मिथिलान्चलका विभिन्न ग्रामिण भेगहरुमा ब्यापक मात्रामा देखापर्ने यि यस्ता शारङ्गी बाबाहरु अचेल मिथिलान्चलमा न्यनु मात्रामा देखा पर्न थालेका हुन । फाटा पुराना लत्ता कपडाहरु बरुल्ने यि यस्ता शारङ्गी बाबा पछिल्लो पटक मिथिलान्चलको विभिन्न ग्रामिण भेगहरुमा देखापरेका छन ।

फाटा पुराना लत्ता कपडा बटुल्ने भारतको मधुवन जिल्लाको ग्राम पंचायत फुलकाही निवासी तान्त्रिक शारङ्गी बाबा रंजित कुमार झा पछिल्लो पटक सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरही बिरपुरमा देखा परेको छ । अन्दाजी ४५ वर्षिय शारङ्गी बाबा झाले विगत ३० वर्ष अघि आफनो गाउँ छाडी शारङ्गी बजाउँदै गाउँ गाउँमा फाटा पुरान लत्ता कपडाहरु बटुल्दै आएको उनी बताउँछन । उनले दिनभरी मिथिलान्चलको विभिन्न ग्रामिण भेगहरुमा गुद्री अर्थात फाटा पुरान लत्ता कपडाहरु बटुल्नमा ब्यस्त रहेको बताउँछन ।

उनले करिब ८४ मन फाटा पुरान लत्ता कपडाहरु असुली गरेपछि उनी १२ जोगीको महन्थ बन्न सक्ने विश्वासका साथ उनी गुद्री बटुल्नमा ब्यस्त रहेको बताउँछन । उनी मिथिलान्चलको विभिन्न गाविसहरुमा गुद्री अर्थात फाटा पुरान लत्ता कपडाहरु बटुली अहिले सम्ममा करिब २० किलो सम्म फाटा पुरान लत्ता कपडाहरु बटुली सकेको बताउँछन ।

उनीजस्तै उनका सहयोगी ताराकान्त झा पनि महन्थ बन्नका लागि दिनभरी मिथिलान्चलको विभिन्न ग्रामिण भेगहरुमा गुद्री बटुल्नमा ब्यस्त रहेका छन । उनीहरु दिनभरी फाटा पुरान लत्ता कपडा अर्थात गुद्री असुली गर्ने गरेको तथा रात्ति भएको बेला सोही ठाउँमा बास बस्ने गरेको झाको भनाई रहेको छ । मिथिलान्चलमा अचेल विगत लामो समय पछि यि यस्ता शारङ्गी बाबा अर्थात गुद्री जोगी देखापरेको जानकारहरु बताउँछन ।

प्रकाशित मिति: २०२४-०६-२३ , समय : १६:४६:४३ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित