मधेश प्रदेशसभाबाट बालिका संरक्षण विधेयक पारित

मिति: २०२४-०६-२३ , समय : ११:०८:०५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । प्रदेशसभाको हिजो बसेको बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

बालिका संरक्षणसम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशका रूपमा मधेश प्रदेश रहेको पनि मन्त्री जयसवालले बताउनुभयो । उहाँले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि शुरु गर्न १२ करोड रुपैयाँ थप बजेट व्यवस्था गरेको पनि जानकारी दिनुभयो । बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन दिन नहुने उहाँको भनाई थियो ।

विधेयकमा १७ जना प्रदेशसभा सदस्यले धारणा राखेका थिए । मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति: २०२४-०६-२३ , समय : ११:०८:०५ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित