मधेस प्रदेश : घुमुवा प्रहरीको असुली आतंक , तस्करीका कारण राजश्व संकलनमा कमि
मिति: २०२४-०६-२२ , समय : १५:१९:३६ , गामघर डेस्क
मिति: २०२४-०६-२२ , समय : १५:१९:३६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक सप्तरी सहित मधेस प्रदेशका जिल्लाहरुमा खुल्लेआम रुपमा स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा तस्करी भइरहेको छ । साेहि क्रममा धनुषाका केही नाका अहिले तस्करहरूको लागि धेरै सहज बनेको छ । केही नाकामा तस्करी गर्न नेपाल प्रहरीले केही तस्करहरूलाई खुलेर लाइन दिएको छ । जसको कारण जिल्ला स्थित भन्सारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकिरहेको छैन भने प्रहरीको जिल्ला प्रहरी देखि मातहतका थाना चौकीका घुमुवाहरूलाई रातारात कमाउने ठूलो अवसर मिलेको छ । धनुषामा जिल्ला प्रहरी कार्यालय मातहतका सई दर्जा सम्म बस्ने थाना चांकीमा पोष्टिङ हुनका लागि टेण्डर हालेर जाने चलन छ । टेण्डर हालेर जाने भए पछि त्यो जाने प्रहरीले स्वाभाविक रूपमा नै त्याहां गएपछि तस्करीको लाइन चलाउनु उसको बाध्यता नै हो । तस्करी नचलाउने हो भने उसले तलव , राशनबाट हाकिमलाई दिने कुरा पनि भएन । त्यसैले पनि उसले बाध्य भएर तस्करीको लाइन दिनैपर्छ । त्यही भएर पनि अहिले धनुषाको यदुकुवा , दुहबी , जटही , गरि तीन नाकाबाट व्यापक तस्करी भैरहेको छ । दुहबी नाकाबाट ठूलो मात्रामा तस्करी गर्नेहरूमा राजु महासेठ , समतुल्ला , चाची , छोटु मियाँ प्रमुख छन् । यसबाहेक यदुकुवा नाकाबाट तस्करी गर्ने मुख्य व्यक्तिहरूमा एयसान मियाँ , संतोष पूर्वे , जितेन्द्र कर्ण छन् । अन्य सानातिना तस्करहरू त दर्जनौंको संख्यामा छन् ।
धनुषाका नाकाबाट तस्करीको काम गर्ने अन्यहरूमा राजिव , सुरेश ,सुजित , चिनीवाली , रेणु , राउत , सुमीलाल , रंजित , दिलिप माछावाल , नरेश , रन्जन चाची , जितु , सैमुल , नइम , उमेश , शिवनारायण , श्रवण , समीर , सुरेन्द्र , लक्ष्मी , सौहन , रहमान , अजिजबुन , किराना शम्भु , बिजय कर्ण , समिम लगायतका थुप्रै छन् । यी कारोवारीहरूले जनकपुरधाम प्रहरी चौकीका सई सन्तोष बुढाथोकी र जिल्ला प्रहरी कार्यालय धनुषाको घुमुवा कमान्डर रवि मण्डललाई सेटिङ मिलाएर तस्करीको काम गरिरहेको खुलेको छ । सीमावर्ती क्षेत्रबाट भएको तस्करीको सामान मुख्य बजार सम्म ल्याउन जिल्लाका घुमुवाहरूको प्रमुख उनका मातहतकाहरूको हात त हुन्छ नै यसबाहेक जनकपुरधाम स्थित प्रहरी चौकीको प्रमुख सईको पनि उत्तिकै साथ , सहयोग र हात हुन्छ नै । घुमुवा कमान्डर सई रवि मण्डलले आंफुसंगै असई मनोज यादवलाई घुमुवाको रूपमा परिचालन गरेका छन् ।
यसरी सेटिङ र संरक्षण गरेवापत घुमुवा टोलीले जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारी र आफ्नो लागि रकम उठाउंदै आएका छन् भने जनकपुरधाम प्रहरी चौकीका सई सन्तोष बुढाथोकीले घुमुवा सहायक हवल्दार सहायक हवल्दार रविन्द्र दनुवारलाई रकम उठाउन परिचालन गरेका छन् । यो तस्करी धन्दा र असुलीको बिषयमा मधेस प्रदेश प्रहरी कार्यालयमा बारम्बार उजुरी र जानकारी गराएको भए पनि कुनै छानबिन नभएको भन्सार तिरेर सामान ल्याई व्यापार गर्ने दर्जनौं व्यवसायीहरू बताउँछन् ।
सई रवि मण्डल पहिले हेटौंडामा कोर्ट माष्टरमा कार्यरत रहदा पनि धेरै बिबादमा तानिएका थिए। जबकि उनको दरबन्दी गणमा हो , जिल्ला प्रहरी कार्यालय पनि होइन । तर पनि एसपी तिवारीले उनलाई घुमुवा कमान्डर बनाएर परिचालन गरिरहेका छन् ।धनुषाको तस्करी र नेपाल प्रहरीको घुमुवा असुलीका बारेमा जानकारीका लागि घुमुवा कमान्डर सई रबि मण्डललाई बारम्बार सम्पर्क गर्दा उनले फाेन रिसिभ गरेनन् । जनप्रहारबाट
प्रकाशित मिति: २०२४-०६-२२ , समय : १५:१९:३६ , ७ महिना अगाडि