मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने प्रदेश भरिका छात्रछात्रालाई शैक्षिक कीट प्रदान
मिति: २०२३-०३-१३ , समय : ०५:२३:३८ , गामघर डेस्क
मिति: २०२३-०३-१३ , समय : ०५:२३:३८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गरिदै छ ।
अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो ।
राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले ज्यामेट्रिक बक्स, स्कुल ब्यागसहित शैक्षिक किट बितरण गरे ।
जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा यस्ता सामाग्रि बितरण गरिएको हो । जिल्लाका ११ हजार ७ सय ४४ छात्रछात्राले यी शैक्षिक कीट पाउने भएका छन् ।
आयोजित समारोहमा मन्त्री यादवले शिक्षाको स्तर उकास्नका लागि शिक्षक स्वयले अनुशाषित बन्नु पर्नेमा जोड दिदै शिक्षकका लागि निर्धारित गरिएको पोशाक लगाएर मात्र विद्यालय जान आग्रह गरे । उनले व्यवाहरिक शिक्षाका साथै मातृ भाषामा समेत शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिए । प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रधानाध्यापकहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने मन्त्री यादवले जोड दिए ।
मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियाे । राजविराज देनिकबाट
प्रकाशित मिति: २०२३-०३-१३ , समय : ०५:२३:३८ , २ वर्ष अगाडि