मधेस प्रदेश : स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

मिति: २०२४-०६-२० , समय : २०:५५:३१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशबाट स्रोत नखुलेको झन्डै १५ लाख रुपैयाँसहित रौतहटबाट एकजना पक्राउ परेका छन्। बौधीमाई नगरपालिका– ७ बंकुलस्थित सीमा इलाकाबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवक रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट सरमुजवाले नियन्त्रणमा लिएको हो।

बिआर ०५ बिबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा सुरक्षा फौजले चेकजाँच गरेको थियो। मोटरसाइकलको सिटमुनि लुकाइछिपाई ल्याएको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो।

यता पक्राउ परेका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ।

प्रकाशित मिति: २०२४-०६-२० , समय : २०:५५:३१ , ६ महिना अगाडि