सप्तरीको छिन्नमस्तामा डिपिआर र सिसि क्यामरा खरिदमा लाखौंकाे अनियमितता : झन्डै ३४ करोड ५९ लाख ७७ हजार बेरुजु

मिति: २०२४-०६-१७ , समय : १०:२९:३८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले डिपिआर र सिसि क्यामरा खरिदमा लाखौं रकम अनियमितता गरेको पाइएको छ । आर्थिक वर्ष २०७९ र ०८० मा सो पालिकाले नियम बिपारित विभिन्न कार्यमा लाखौं रकम हिनामिना गरेको महालेखा परिक्षणको प्रतिवेदनले देखाएको हो।

आर्थिक वर्ष २०७९ /०८० मा यस पालिकाले डिपिआरमा ५८ लाख २ हजार २ सय ९० रुपैयाँ हिनामिना गरेको महालेखा परिक्षणको प्रतिवेदन २०८१ ले जनाएको छ। यससँगै यो पालिकाले सिसि क्यामरा जडान तथा मेशनरी औजार खरिदमा समेत ३६ लाख ७ हजार २ सय २० रुपैयाँ अनियमितता गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६९ अनुसार परामर्श सेवा सम्बन्धी कार्य गर्दा क्षेत्रगत कार्यशर्त तयार गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुरुप कामको उदेश्य,कार्यक्षेत्र,सम्पादन गर्ने कार्य,कामको योग्यता लगायतको उल्लेख गर्नुपर्दछ।
तर यस पालिकाले वडा नम्बर १ बरही पोखरी क्रीकेट मैदान,डिहिबार मन्दिर डिपिआर,छिन्नमस्ता मन्दिर वित्तचित्र,गाउँपालिका एन्थेम निर्माण र छायांकन,बिधालय अनुगमन प्रणाली,ई.सिफारिस व्यवस्थापन प्रणाली,अन्लाईन सुची प्रणाली,व्यवसाय दर्ता प्रणाली,अपांग परिचयपत्र तथा ज्येष्ठ नागरिक व्यवस्थापन प्रणाली र दर्ता चलानी व्यवस्थापन प्रणाली सफ्टवेयर निर्माण कार्यको डिपिआर हुँदा मिल्दो जुल्दो देखिने कार्यहरूमा पालिकाले कार्य प्रकृति अनुसार एउटै प्याकेज गरि प्रतिस्पर्धात्मक तवरले कार्य गर्नुपर्नेमा छुट्टाछुट्टै टुक्रा गरि पटकपटक कार्य गरिएकोले खरिद कार्यमा अनियमितता गरेको परिक्षणमा उल्लेख छ।

त्यसैगरी यस पालिकाले गाउँपालिकाभरि सरकारी संस्था तथा बजार क्षेत्रहरुमा ३६ लाख ७ हजार २२० रुपैयाँँको सिसिटिभि जडान तथा मेसिन औजार खरिद गर्न बजेट व्यवस्था भएकोमा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ अनुसार खरिद कार्यलाई एकीकृत गरि बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा सो प्रक्रिया पुरा नगरी खरिद गरेको पाइएको छ।सो पालिकाले विभिन्न ६ वटा सप्लायर्सलाई ३६ लाख ७ हजार २२० रुपैयाँ भुक्तानी दिएको पाइएको छ।यसरी दिएको भुक्तानीमा समानको गुणस्तर र जडान भएनभएको यकिन हुन नसक्ने अवस्था देखाउँदै मलेपले प्रमाण पेशगर्नुपर्ने गरि अनियमितता देखाएको हो।

आन्तरिक राजस्व बढाउन नसक्ने यो पालिकाले स्यानिटरी प्याडसमेत महगो दररेटमा खरिद गरिएको पाइएको छ।बजारमा पर्ने ४५ रुपैयाँको स्यानिटरी प्याड यो पालिकाले मुल्य अभिवृद्धि करसहित ८५ रुपैयाँँ ८८ पैसा प्रति प्याकेटको दरमा खरिद गरिएको पाइएको छ।मुकेश ट्रेडस एन्ड सप्लयार्सलाई कोटेसन मार्फत ६ लाख ८१ हजार ८ सय ८७ रुपैयाँमा ७ हजार ९ सय ४० प्याकेट स्यानेटरी प्याड खरिदमा सैद्धान्तिक बेरुजु रहेको महालेखाले जनाएको छ ।

यस पालिकाको ७ करोड १४ लाख ७० हजार बेरुजु देखिएको छ।छिन्नमस्ता गाउँपालिकाको गत वर्षसम्म २७ करोड ४५ लाख ७ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको बेरुजु ३४ करोड ५९ लाख ७७ हजार रहेको छ।

प्रकाशित मिति: २०२४-०६-१७ , समय : १०:२९:३८ , 10 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित