भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

मिति: २०२४-०६-१७ , समय : ०८:३७:४० , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत । भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा गङ्गा नदीमा १७ जना श्रद्धालु बोकेको डुङ्गा पल्टिएको हो । दुर्घटनामा ११ जनाको सकुशल उद्धार भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा हिजो दुर्घटना भएको थियो । बारहका एसडिएम शुभम कुमारले सकुशल उद्धार गरिएको ११ जनाको स्वास्थ्य ठिक रहेको र बेपत्ता ६ जनाको खोजी भइरहेको बताउनुभएको छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०६-१७ , समय : ०८:३७:४० , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित