नेपाल दलित मुक्ति मोर्चाको संयोजकमा कपलेश्वर सरदार
मिति: २०२४-०६-१५ , समय : २१:४०:३७ , गामघर डेस्क
मिति: २०२४-०६-१५ , समय : २१:४०:३७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । नेपाल दलित मुक्ति मोर्चा सप्तरीको जिल्ला संयोजकमा कपलेश्वर सरदारलाई चयन गरेको छ । राजविराजमा शनिवार जिल्ला भेलावाट कपलेश्वर सरदारको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । सो कमिटीमा राम प्रसाद राम,राजेश रिसाल,शम्भु खंग,डम्बर सरदार,आसिश परियार,रामलखन खंग,रामविलास राम,खटर सदा,उपेन्द्र सरदार,पुनितादेवी राम,बिशेश्वर खंग,शंकर मण्डल,मुसहरु खंग,राजदेव सदा,आशाराम सरदार,देवकुमार सरदार,भुलकुनदेवी सरदार,विजय सरदार,रामदेव सदा,फुलोदेवी सदा, भुला पासवान,हरेराम शर्मा लगायत सदस्य रहेका छन । नेपाल दलित मुक्ति मोर्चा सप्तरीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम कपलेश्वर सरदारको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (माऔवादी केन्द्र) का बैकल्पिक केन्द्रीय सदस्य असर्फी सदाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष छेदी रजक(विमल),उपाध्यक्ष भागवत यादव,सचिव बेचन प्रसाद चौधरीको विशिक्ष्ठ अथिती रहेको थियो । त्यसै गरी बोदेवर्साइन नपाका वडा अध्यक्ष रामप्रसाद राम, विनोद कुमार यादव,पत्रकार देवराम यादव,संगिता परियार,रामकुमार रजक,रामनारायण सरदार,कपिल सरदार,देवलाल खंग,शिवशंकर पण्डित,कर्मलाल यादव,रामविलास मण्डल,किसुनदेव राम, राजेश रिसाल लगायतले नेपाल दलित मुक्ति मोर्चा सप्तरीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमको सफलताको शुभ कामना ब्यक्त गरेका थिए । सोही भेलाले जिल्लामा दलित समुदाय माथी हुने विभिन्न किसिमको विभेद तथा दमनको विरुधमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाउने मोर्चाका संयोजक सरदारले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
प्रकाशित मिति: २०२४-०६-१५ , समय : २१:४०:३७ , ६ महिना अगाडि