मधेस प्रदेश : नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मिति: २०२४-०६-१० , समय : १९:४३:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । मधेस प्रदेशको सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृतसहित गाउँपालिकाको योजना शाखाका तत्कालीन प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव, वडा नम्बर ४ का अध्यक्ष मदन यादव, वडा नम्बर ५ का अध्यक्ष मनोजकुमार यादव र वडा नम्बर २ का अध्यक्ष खुशीलाल साह, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल, सचिव रामभरोस मुखिया साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले नवराजपुर गाउँपालिका–२ मझौरामा मधेश सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालयमा अधुरो काम पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि काम नगरि हिनामिना गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उनीहरूले काम नै नगरि १४ लाख ५१ हजार ५ सय ५१ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, योजना शाखा प्रमुख, जिन्सी प्रमुख, वडा नम्बर ४, वडा नम्बर ४ र वडा नम्बर २ का अध्यक्षबाहेकलाई भुक्तानी भएको रकम बराबर बिगो मागदाबी गरेको छ ।

प्रकाशित मिति: २०२४-०६-१० , समय : १९:४३:३७ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित