सप्तरीको महादेवा गाउँपालिकाको पकरी सेनेटरी प्याड बनाउने तालिम

मिति: २०२४-०६-०८ , समय : २०:२४:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाको पकरी १ न. वडा कार्यालयमा शनिवार सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्षण कार्यक्रम एक समारोह विच सम्पन्न भएको छ । महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवको अध्यक्षतामा सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्षण कार्यक्रमको आयोजना ,समाज सुधार तथा वातावरण विकास नेपाल तथा महादेवा गाउँपालिकाको सहयोगमा ६ दिने कार्यक्रममा ४० जना सहभागी रहेको जनाएको छ । सो कार्यक्रममा प्रशिक्षक अनिता चौधरी ,कार्यपालिका सदस्य अनारदेवी राम,वडा सदस्य कुरेशा खातुन,जिन्सी शाखाका प्रमुख योगेन्द्र सेठ, पत्रकार देवराम यादव,समाज सुधार तथा वातावरण विकास नेपालका अध्यक्ष अर्जुन कुमार यादव,योगेन्द्र यादव,श्यामसुन्दर यादव,श्रवन यादव लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : २०:२४:५६ , 10 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित