विश्व वातावरण दिवसकाे अवसरमा इन्सेकद्वारा पाताेमा बृक्षाराेपण कार्यक्रम

मिति: २०२४-०६-०५ , समय : २२:००:४१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ सप्तरी सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम गरि मनाइएको हाे ।
साेहि अवसरमा अनैापचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सप्तरीकाे डाक्नेश्वरि नगरपालिका स्थित पाताेकाे उच्च माविमा बृक्षाराेपण गरि मनाइएको छ । डाक्नेश्वरि नगरपालिकाकाे समन्जयमा मानवअधिकार समूह र बाल अधिकार सचेतना समहुकाे आयोजनामा वातावरणकाे लागि बृक्षाराेपण गरिएको छ । साेहि अवसरमा डाक्नेश्वरि नगरपालिकाकि उपमेयर मिरा यादव , वडा न.५ का वडाअध्यक्ष रमेश कुमार चौधरी , उच्च माबिका प्रअ श्याम कुमार पण्डित , इन्सेकका जिल्ला सहजकर्ता अजय परियार , युवा पत्रकार रुपेश कुमार यादव ,मानवअधिकार समूह मधेस प्रदेशकि उपाध्यक्ष देबिमाया भट्टराई लगायतकाहरुकाे उपस्थिति रहेको थियाे ।
स्मरण रहाेस , संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति: २०२४-०६-०५ , समय : २२:००:४१ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्