सप्तरीको महादेवा गाउँपालिका वडा न.१ बल्थीबाट होम पाइप चोरी
मिति: २०२४-०६-०२ , समय : १८:१७:२३ , गामघर डेस्क
मिति: २०२४-०६-०२ , समय : १८:१७:२३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा न.१ बल्थीबाट सार्वजनिक होम पाइप चोरी भएको भनेर जिल्ला प्रहरी कार्यालय सप्तरीको चोरी शाखामा उजुरी दिएको छ । वडा १ बल्थीबाट सार्वजनिक होम पाइप चोरी भएको भनेर जिल्ला प्रहरी कार्यालय सप्तरीको चोरी शाखामा आईतवार उजुरी दिएको हो । महादेवा गापा १ स्थानिय विनोद कुमार यादवले गत जेठ ५ गते राती १० वजेको समयमा सदा टोलमा डगर वाटोमा रहेको होम पाइप जेसीवीबाट उखलेर कृपाली महतो र विधानन्द यादवले आफनो निजी कुखुरा फार्म नजिक जडान गरेकोले आवश्यक कानुनी कार्यावाहीको लागी उजुरी पत्रमा उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको चोरी शाखाले आवश्यक कानुनी कार्यावाहीको लागी प्रकृया बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०६-०२ , समय : १८:१७:२३ , ७ महिना अगाडि