भारतमा तातो हावाको लहर : ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गर्न उच्च अदालतको आग्रह

मिति: २०२४-०५-३१ , समय : २२:०३:०४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतको एक अदालतले तातो हावाको लहरलाई लिएर राष्ट्रिय सङ्कटकाल घोषणा गर्न आग्रह गरेको छ । राजस्थान उच्च अदालतले चरम मौसमी समस्या र गर्मीका कारण मानिसहरूको ज्यान गइरहेको भन्दै राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

भारतका थुप्रै शहरहरूमा ४५ डिग्री सेल्सियससभन्दा बढी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ । पछिल्ला दिनहरूमा देशको पश्चिमी राज्य राजस्थानमा तातो हावाको लहरको प्रभाव बढी देखिएको छ ।

यस्तै अदालतले गर्मीका कारण ज्यान गुमाउने व्यक्तिको आफन्तका लागि क्षतिपूर्ति कोष स्थापना गर्न पनि राज्य सरकारलाई निर्देशन दिएको खबरमा उल्लेख छ ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारत हरित गृह ग्याँसहरूको तेस्रो सबैभन्दा ठूलो उत्सर्जक हो । तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध रहेको भारत अहिलेका लागि बिजुली उत्पादन गर्न कोइलामा अत्यधिक निर्भर छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०५-३१ , समय : २२:०३:०४ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित