सप्तरीको राजविराज नगरपालिकाद्वारा नगरको अदालत राेडमा बृक्षारोपण

मिति: २०२४-०५-२७ , समय : २१:४०:०१ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाद्वारा नगरको अदालत सडकमा बृक्षारोपण गरेको छ । राजविराज नगरपालिकाले अदालत सडकको राम मन्दिरदेखि पानीटेंकी चोकसम्म सोमबार बृक्षारोपण गरेको हो ।
जलबायु परिवर्तन र वातावरणलाई सफा ,हरित नगर बनाउने उद्देश्य राखी नगरपालिकाद्वारा विभिन्न प्रजातिका बिरुवाहरू रोपेको कार्यबाहक नगरप्रमुख इसरत परविनले जानकारी दिइन् ।
नगरपालिकालाई स्वच्छ ,सफा ,हरित नगर बनाउने लक्ष्य लिएर रोपिएको बोट विरुवाको स्याहार सुसार गरी हुर्काउन सम्पुर्ण नगरबासीले भुमिका खेल्नु पर्ने कार्यबाहक नगरप्रमुख परविनले बताइन् ।
उहाँले विरुवाको संरक्षण गर्ने जिम्मा नगरवासीको पनि रहेको बताउदै हामी सचेत ,जागरुक,सक्षम नभएसम्म अरु कसैले आएर केही गर्दिने होइन हामी स्वयमले गर्ने भएकोले बोट, विरुवाको स्याहार सुसार,संरक्षणमा नगरबासी नै जुटनु पर्ने बताइन । उहाँले पहिलो चरणमा अदालत सडकदेखी पानीटेंकी चौकसम्म विभिन्न प्रजातिको बिरुवा रोपीएको बताउनु हुदै यस कार्यलाई निरन्तर अगाडि बढाउँदै नगर क्षेत्रभरी विस्तार गरीने बताइन् ।
उक्त बृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, कार्यबाहक नगरप्रमुख परविन, राजविराज नगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर ८ का वडाध्यक्ष जय नारायण मण्डल, स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, प्रहरी, राजविराज युथ कम्युनिटीका युवाहरु र सप्तरी युथ नेपाल आवद्ध युवाहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-२७ , समय : २१:४०:०१ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित